(Saturday , 22 June,2024)

खैरो हेरोइनसहित मोरङबाट युवक पक्राउ

NepalNewsLine

NepalNewsLine

काठमाडौँ । मोरङको विराटनगरबाट प्रहरीले खैरो हेरोइनसहित एक जना युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सुनसरीको दुहबी नगरपालिका–२ बस्ने २२ वर्षीय चेतन गच्छदार छन् ।

उनको साथबाट ३ सय १० मिलिग्राम खैरो हेरोइन बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

भारतबाट नेपाल आउँदै गरेको प्रदेश–१–०२–०४९ प ५५८ नम्बरको मोटरसाइकल जाँच गर्दा उनको साथमा खैरो हेरोइन भेटिएको हो । 

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal