(Thursday , 27 June,2024)

कान्स फिल्म फेस्टिभलमा सहभागी हुँदै मेयर बालेन

NepalNewsLine

NepalNewsLine

काठमाडौँ । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) कान्सका मेयर डेभिड लिसनार्डको निम्तोमा विश्वप्रसिद्ध कान्स फिल् फेस्टिभलमा सहभागी हुने भएका छन । उनी आज (सोमबार) राति दुईजना सल्लाहकारसहित फ्रान्सतर्फ प्रस्थान गर्दैछन् ।

७७ औं कान्स फेस्टिभल १४ देखि २५ मे सम्म आयोजना हुँदैछ । मेयर बालेनसँग उनका व्यवस्थापन सल्लाहकार कुमार व्यञ्जनकार र पूर्वाधार सल्लाहकार सुनिल लम्साल पनि जाँदैछन । बालेनको फेस्टिभलमा तीन दिनको कार्यक्रम रहेको छ । त्यस क्रममा आयोजना हुने विविध कार्यक्रममा पनि उनको सहभागिता हुनेछ । मेयर लिसनार्ड र फेस्टिभल निर्देशकसँग उनको भेटवार्ता तय भएको छ । यसबाहेक फेस्टिभलको रेडकार्पेट र प्रिमियरमा पनि उनी सहभागी हुनेछन ।

बालेनको सम्मानमा कान्सको मल््िटमिडिया लाइब्रेरीमा रिसेप्सनको आयोजना गरिएको छ । मेयर र फेस्टिभल निर्देशकसँग द्विपक्षीय भेटवार्ता हुने भएपनि एजेन्डा भने तय नभईसकेको बताएका छन राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक र सांस्कृतिक संगठन (युनेस्को) ले नेपालको राजधानी सहर काठमाडौंलाई ‘फिल्मको रचनात्मक सहर’को रुपमा २०८० सालको कात्तिकमै सूचीकृत गरेको छ ।

फ्रान्सको कान्स सहर पनि फिल्मको ‘क्रिएटिभ सिटी’को एक सदस्य भएकोले कान्सका मेयरले बालेनलाई पठाएको निम्तो पत्रमा फेस्टिभल फिल््मको क्रिएटिभ सहरलाई एकठाउँमा ल्याउने अवसरको रुपमा उल्लेख गरेका छन । । बालेनले कान्स बसाइमा त्यहाँको अडियो–भिजुअल कन्टेन्ट क्रिएसन चेनको अवलोकन समेत गर्नेछन । यो भेटमा अन–एयर भनिने अडियो भिजुअल कन्टेन्ट चेनबारे जान्न सजिलो हुने कान्सका मेयरले पत्रमा उल््लेख गरेका छन ।

फिल््मको रचनात्मक सिटीको रुपमा सूचीकृत भएपछि यतिबेला महानगरपालिका कार्यविधि निर्माणमा जुटिरहेको छ । २०८१ सालदेखि नै फिल्म फेस्टिभलसहितका कार्यक्रम आयोजना गर्ने तयारी छ । यस वर्ष नेपालबाट कुनै फिल्म छनोट नभएपनि नेपालमा छायांकन भएको,नेपाली कलाकार र प्राविधिकको संलग्नता रहेको ‘द सेमलेस’ अन रिगार्ड विधा र नेपाली भाषाको फिल्म ‘तारा–अ लस्ट स्टार’ मार्केट स्क्रिनिङ विधामा छनोट भएका छन । 

 

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal