(Tuesday , 21 May,2024)

कतार एयरवेजको जहाजमा देखियो धुवाँ

NepalNewsLine

NepalNewsLine

काठमाडौँ । काठमाडौँबाट कतार उड्न लागेको कतार एयरवेजको जहाजमा धुवाँ देखिएको छ । 

विमानको पुच्छरमा धुवाँ देखिएको त्रिभुवन विमानस्थल नागरिक उड्ययन कार्यालयका प्रवक्ता सुवास झाले बताए । 

उड्नका लागी पुसब्याक गर्दा धुवाँ देखिएपछि चेकजाँच गरिएको झाले बताए । उनी भन्छन्– ‘अरू समस्या केही छैन, जहाज दोहा उड्ने तयारीमा छ ।’

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal