(Saturday , 11 May,2024)

विभिन्न स्थानमा ६ जना मृत फेला

NepalNewsLine

NepalNewsLine

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा ६ जना मृत अवस्थामा फेला परेको नेपाल प्रहरीले जानकारी दिएको छ ।

पाल्पा, रामपुर नगरपालिका-४ हातेमालो चोक बस्ने ५९ वर्षीय नर बहादुर सोती निस्दी गाउँपालिका-३ कुन्दर खोलाको बगरको छेउमा शुक्रबार मृत अवस्थामा फेला परेका छन् । 

सोलुखुम्बु, सोलुदुधकुण्ड नगरपालिका-५ डासी बस्ने निमा तामाङको छोरा १६ वर्षीय बहादुर तामाङ सोअ ठाउँस्थित  सोलु खोलामा शुक्रबार मृत अवस्थामा फेला परेका छन् । 

झापा, मेचिनगर नगरपालिका-१० नागाडुब्वा पुल नजिक हाल नाम, थर, वतन नखुलेकी अन्दाजी ६५ वर्षीया महिला शनिबार मृत अवस्थामा फेला परेकी छिन् । 

सुनसरी, कोशी  गाउँपालिका-१ लौकहीस्थित लौकही बजारमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४५ वर्षीय  पुरुष शनिबार मृत अवस्थामा फेला परेका छन् । 

कैलाली, टीकापुर नगरपालिका-४ इन्द्रैयास्थित खेतमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४० वर्षीय पुरुष शुक्रबार मृत अवस्थामा फेला परेका छन् । 

सर्लाही, बाग्मती नगरपालिका-१ हिरेडाँडास्थित जंगलमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४० वर्षीय पुरुष शुक्रबार मृत अवस्थामा फेला परेका छन् । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal