(Saturday , 11 May,2024)

अनलाईन जुवा खेलाएको आरोपमा काठमाडौबाट ६ जना पक्राउ

NepalNewsLine

NepalNewsLine

काठमाडौँ । क्यास एप मार्फत अनलाइन जुवा खेलाएको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । अनलाइन मार्फत सट्टेबाजी राख्दा जितिन्छ भन्ने विश्वास दिलाएर जुवा खेलाएको आरोपमा उनीहरूलाई काठमाडौँका विभिन्न ठाउँबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी नकुल पोखरेलले बताए । 

पक्राउ पर्नेमा सर्लाही घर भएर टोखा बस्ने २६ वर्षीय सुनिल ठाकुर, २६ वर्षीय रामवीर ठाकुर, मोरङ घर भएर टोखा बस्ने २२ वर्षीय प्रमिस श्रेष्ठ, बूढानिलकण्ठ घर भएका २२ वर्षीय प्रसय जमकट्टेल, झापा घर भएका २२ वर्षीय दिप्नोज खत्री र कुलेश्वर घर भएका २९ वर्षीय स्वराज श्रेष्ठ छन् । 

जुवा खेलाउन प्रयोग गरिएको उपकरणसहित उनीहरूलाई जिल्ला प्रहरी परिसर काठमाडौँमा पठाइएको एसपी पोखरेलले जानकारी दिए ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal