(Saturday , 11 May,2024)

यातायातमा विचौलियाको व्यापार, ३० हजार फर्जि लाईसेन्स वितरण

NepalNewsLine

NepalNewsLine

काठमाडौ । यातायातमा विचौलियाको विगविगी नै छ, १ लाख २ हजार लाईसेन्स माथी छानविन गर्दा ३० हजार बढी फर्जी लाईसेन्स भेटेको कुरा सार्वजनिक भएपछि, अनुसन्धान सिआईबीमा सम्म पुग्यो । मान्छे विदेश हुन्छ तर लाईसेन्स नविकरण नेपालमा हुन्छ, त्यतिमात्रै हैन, राजकुमार कपालीले ब्रोकर मार्फत काम गर्ने गरेको कुरा स्वीकार पनि गर्छन, भन्छन कि हामी सँग त्यो एक्सीस हुँदैन त्यो विभागबाट मात्रै संभव हुन्छ भन्छन्, उनि यातायात व्यवस्था कार्यलय एकान्तकुनका प्रमुख हुन ।

यता यातायात व्यवस्थाका महानिर्देशक उद्दब रिजाल भन्छन्, विदेश भएका, बिरामी र एजेडहरुको नाम फेर्ने, बायोमेट्रीक फेर्ने, फोटो समेत अर्कै राख्ने यो काम सिस्टममा एक्सीस नभएको कोहि व्यक्तिले गर्न सक्छ रु कि विभाग दिउँसो जनताको र राती विचौलियाको काम गर्ने गरि २ सिफ्ट खुल्छ भनौं हैन भने किन यस्तो भयो र कसरी भयो ? 

अख्तीयार र सिआईबीमा गएको फाईल कता पुग्यो ? किन आजसम्म ति अपराध गर्ने कर्मचारीलाई कारबाही गरेको कुरा आउँदैन ? जबाफ सम्बन्धीत पक्षले दिन पर्देन ? लिखित र ट्रायल बिनै बाँडेका फर्जी लाईसेन्सको डाटा सहित मन्त्रालय, सिआईबी र अख्तीयारमा पुग्दा पनि कारबाही प्रक्रिया नबढेको देख्दा यो धन्दामा पहुँचवालाहरुकै संलग्नता रहेछ भन्ने कुरा प्रष्ट हुँदैन र ?

अनि देश कसरी बनोस् लाईसेन्स धन्दामा विचौलिया सँग सेटिङ्ग कर्मचारी देखी प्रहरीहरु सम्मै संलग्न भएपछि कसले चलाउने कारबाही ? यसो त तिनै बिचौलियाहरुले आजभोली ट्रायल सेन्टर समेत सेटिङ्गमै ठेक्का पार्छन अब भन्नुस त्यहाँ लाईसेन्सको बिक्री बजार कत्रो बन्ला ? 

देशमा शुसासन ल्याउने कुरा सरकारमा आउनेहरु गरिरहन्छन् तर तिनै विचौलिया र दलालहरुको घेराबन्दीमा परेको भने पतै पाउँदैनन । 
विचौलियाहरुको सम्पती आफना आफन्त र नातागोताकामा राख्ने, पहुँचवालहरुले नै अवैध पैसा मिटरव्याजमा लगाउने धन्दा सबै दुई नम्बरी धन्दा यिनकै वरिपरि चलिरहेको हुन्छ।

यसको तथ्यगत रिपोर्ट सहित आगामी अंकमा हामी प्रस्तुत गर्नेछौं, निरन्तर बेथिती र बेरुजु अनि भ्रष्टचार विरुद्ध बोलने हाम्रो मिडियालाई तपाईं आम जनसमुदायको सहयोग साथ र समर्थनको अपेक्षा गर्दछौं ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal