(Saturday , 11 May,2024)

त्रिवि उपकुलपति नियुक्तिका लागि प्रस्तुतीकरण सुरु

NepalNewsLine

NepalNewsLine

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि सर्टलिष्टमा परेकाहरूको प्रस्तुतीकरणको कार्य सुरु भएको छ । शिक्षा मन्त्रालयमा रहेको उपकुलपति सिफारिस तथा छनोट समितिको सचिवालयमा प्रस्तुतीकरणको कार्य सुरु भएको हो ।

समितिका दुई जना सदस्य र दुई जना विज्ञहरूले प्रस्तुतीकरणको कार्य गरिरहेको समिति सचिवालयले जनाएको छ । आज पहिलो दिन चार जनाको सोचपत्र र व्यावसायिक कार्य योजनाको प्रस्तुतीकरण भएको छ । दिउँसो ३ बजेदेखि सुरु भएको प्रस्तुतीकरणमा प्रत्येक उम्मेदवारलाई आफ्नो सोचपत्र र व्यावसायिक कार्ययोजना प्रस्तुतीकरणका लागि आधा घण्टाको समय छुट्टाइएको छ ।

पहिलो दिन कुसुम शाक्य, केशरजंग बराल, गोविन्द सुवेदी र चित्रबहादुर बुढाथोकीको प्रस्तुतीकरणको कार्य भएको छ ।   मन्त्रालयका उपसचिव तेजराज प्रसाईले २ जना विज्ञहरू र समितिका सदस्य शिक्षा सचिव सुरेश अधिकारी र अर्का सदस्य चन्द्रकला घिमिरेको उपस्थितिमा प्रस्तुतीकरणको कार्य भइरहेको बताए ।

भोलि फागुन १ गते थप ५ जनाको प्रस्तुतीकरण हुनेछ भने पर्सी फागुन २ गते ४ जनाको गरी सर्टलिष्टमा परेका १४ जनाको नै प्रस्तुतीकरणको कार्य सकिनेछ । प्रस्तुतीकरणको कार्य सकिएपछि अन्तर्वार्ता हुनेछ र समितिले बढी अङ्क प्राप्त गर्ने तीन जनाको नाम उपकुलपतिका लागि कुलपतिसमक्ष पेश गर्नेछ ।  

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal