(Sunday , 12 May,2024)

 उपकुलपतिका लागि नक्कली प्राध्यापकले आवेदन दिएको खुलासा

NepalNewsLine

NepalNewsLine

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि आवेदन दिएका एक जनाको उम्मेदवारी खारेज भएको छ । उपकुलपति सिफारिस तथा छनोट समितिमा ४३ जनाको आवेदन परेको थियो । जसमध्ये एक जना नक्कली प्राध्यापक भएको पाइएपछि आवेदन खारेज गरिएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव सुरेश अधिकारीले बताए ।

आवेदन दिएकाहरूमध्ये एकराज ओझा प्राध्यापक नरहेको पाइएपछि उनको आवेदन रद्ध गरिएको सचिव अधिकारीले बताए । सोमबार बसेको संसदको शिक्षा, स्वास्थ्य तथा प्रविधि समितिको बैठकमा सचिव अधिकारीले उनको आवेदन खारेज गरिएको बताएका हुन् ।

त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि ४३ जनाको आवेदन परेको थियो । जसमा ४१ जना पुरूष र २ जना महिला थिए । तर, ओझाको आवेदन खारेज गरेपछि ४२ जनाको नाम मात्रै सार्वजनिक गरिएको सचिव अधिकारीले बताए ।

४२ जनामध्येबाट १४ जनाको नाम सर्टलिष्ट गरिएको छ । सर्टलिष्टमा परेकाहरू १४ जनाको आजदेखि प्रस्तुतीकरण सुरू भएको छ । आज सर्टलिष्टमा परेका ४ जनाको सोचपत्र र व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरणको कार्यक्रम रहेको छ । त्यस्तै भोली फागुन १ गते ५ जनाको र फागुन २ गते ४ जनाको प्रस्तुतीकरण हुनेछ । त्यसपछि अन्तर्वार्ता हुनेछ ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal