(Saturday , 11 May,2024)

दाङको भालुवाङमा बस दुर्घटना, बस राप्ती नदीमा खस्यो, उद्धार जारी

NepalNewsLine

NepalNewsLine

काठमाडौं । नेपालगन्जदेखि काठमाडौं आउँदै गरेको यात्रु बस दुर्घटनामा परेको छ । भे-१ ख ३९१२ नम्बरको बस दुर्घटनामा परेको हो ।

दाङको भालुवाङस्थित राप्ती नदीमा बस खसेको प्रहरीले जनाएको छ । दुर्घटनाबाट भएको क्षतिबारे एकिन भइसकेको छैन । बसमा ३० यात्रु चढेका थिए ।

प्रहरी घटनास्थलमा पुगेको र उद्धार भइरहेको हाम्रा संवाददाताहरुले जनाएका छन् । प्रहरीका अनुसार दुर्घटनामा परेका बसका चालकको सकुशल उद्धार गरिएको छ ।

दाङका प्रहरी प्रवक्ता ९डीएसपी० जनक मल्लले दुर्घटनामा केही मानवीय क्षति भएको तर पुष्टि नभएको जानकारी दिए । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal