(Sunday , 12 May,2024)

सुन लुकाएर ल्याउने श्रीलंकन महिला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ

NepalNewsLine

NepalNewsLine

काठमाडौं । दुबईबाट अवैध सुन ल्याउने महिला श्रीलंकन नागरिक भएको खुलेको छ । गएराति १ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ४५ वर्षीया श्रीलंकन महिला कान्ति माथी कावास्कर पक्राउ परेकी हुन् । 

फ्लाई दुबईको उडान नम्बर एफजेड ५७३ बाट काठमाडौँ आएकी उनी त्रिभुवन विमानस्थलमा मध्यराति १२ बजेर ५ मिनेटमा अवतरण भएकी थिइन् । 

अवैध सुन लिएर विमानस्थल पास हुने प्रयासमा रहेकी उनी चेकजाँचका क्रममा १ किलो ३०० ग्राम सुनसहित पक्राउ परेको विमानस्थलका डीआईजी अर्जुन चन्दले जानकारी दिए ।  

उनले लगाएको ब्राभित्र प्लाष्टिकले बेरेको अर्धठोस सुन ल्याएको खुलेको छ । यस्तै लगाएको कट्टुभित्र पनि स्प्रे गरेर थप सुन ल्याएको फेला परेको चन्दले बताए ।

ब्राभित्र दुई पोका बनाएर राखिएको सुनको तौल ५०० ग्राम र कुट्टु भित्र थप ८०० ग्राम गरेर कुल १ किलो ३०० ग्राम सुन फेला परेको उनको भनाइ छ । 

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal