(Sunday , 12 May,2024)

सिक्किममा साम्प्रदायिक अशान्ति मच्चाउन खोजेको आरोपमा एक नेपाली महिला पक्राउ

NepalNewsLine

NepalNewsLine

गान्टोक । साम्प्रदायिक अशान्ति मच्चाउन खोजेको आरोपमा भारतको सिक्किममा शनिबार एक नेपाली भ्लगर पक्राउ परेकी छन् । पक्राउ पर्नेमा खोटाङ जिल्ला घर भएकी उमा चाम्लिङ राई रहेकी छन् ।

सिक्किम क्रान्तिकारी मोर्चा पार्टीको एक सदस्य शिला राईको उजुरीको आधारमा उनलाई पक्राउ गरिएको भारतीय सञ्चारमाध्यमले जानकारी दिएको छ । आगामी २०२४ को चुनावलाई लक्षित गरेर राईले सिक्किम आएर यहाँका जनतामाझ साम्प्रदायिक हिंसा र आतङ्क मच्चाउन खोजेको आरोप लगाइएको छ । 

समाचार एजेन्सी पीटीआईका अनुसार राईले केही दिनअघि सामाजिक सञ्जालमा सिक्किमका राई समुदायका नागरिकहरूलाई आफ्नो अधिकारका लागि उभिन आह्वान गरेकी थिइन् । शिला राईले यो भिडियो देखेपछि प्रहरीमा उजुरी दिएकी थिइन् ।

उनीमाथि इन्डियन पेनल कोडको १५३ ए, १५३–बी र ५०५ अन्तरगत मुद्दा दर्ता गरिएको छ । उनलाई थप पाँच दिन न्यायिक हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal