(Sunday , 12 May,2024)

बालकुमारीबाट पक्राउ परेका ७३ जनालाई छाड्ने निर्णय

NepalNewsLine

NepalNewsLine

काठमाडौं । ललितपुरको बालकुमारी स्थित प्रदर्शन स्थलबाट पक्राउ गरिएका ७३ जनालाई छाड्ने निर्णय गरिएको छ । पुस १३ मा रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत कोरियामा काम गर्न जान खोज्नेहरुले गरेको प्रदर्शनको क्रममा पक्राउ गरिएकाहरुलाई छाड्ने निर्ण भएको उपत्यका प्रहरी कार्यालयका एआईजी दिपक थापाले बताए । उनले भने, ‘पक्राउ गरिएकाहरुलाई मुद्धा नचलाउने निर्णय भएको छ ।’

मुद्धा नचलाउने निर्णयपछि प्रहरीको नियन्त्रणमा रहेका ७३ जना छुटेका छन् । भौतिक पुर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला चढ्ने बा.२ झ ५८६१ नम्बरको गाडी जलाएको र भौतिक सम्पती तोडफोड गरेको आरोपमा उनिहरु पक्राउ परेका हुन् ।

प्रदर्शनमा प्रहरीको दनमबाट दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दैलेख घर भएका सुजत रावत र अछामका विरेन्द्र शाह छन् । 

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal