(Sunday , 12 May,2024)

आरती साहका पति मोतिबावु पुन जनकपुरबाट पक्राउ

NepalNewsLine

NepalNewsLine

काठमाडौँ । आरती साहको मृत्य प्रकरणमा उनका श्रीमान मोतिबावुलाई प्रहरीले पक्राउ गरेको छ । मोतिबावुलाई जनकपुरबाट पक्राउ गरिएको धनुषाका एसपी मित्रबन्धु शर्माले बताए ।

मृतक आरती साहका पतिलाई पक्राउ गरेर पुनःथुनामा पठाउन सर्वोच्च अदालतले आदेश गरेको थियो । मंसिर २० मा सर्वोच्च अदालतका न्यायाधीश नहकुल सुवेदी र तिलप्रसाद श्रेष्ठले सो आदेश गरेका हुन् । सर्वोच्चको आदेश कार्यान्वयनका लागि उनलाई पक्राउ गरिएको एसपी शर्माले जानकारी दिए ।

२०८० जेठ ७ मा जनकपुर उप–महानगरपालिका वडा नम्बर–९ स्थित थापा चोकमा रहेको घरमा आरती मृत फेला परेकी थिइन् । आरतिको हत्या भएको पीडित परिवारको आरोप छ । पीडितको जाहेरीका आधारमा प्रहरीले त्यतिवेला  मोतीबावु र ससुरा मदनमोहन सुडीलाई पक्राउ गरेर मुद्दा चलाएको थियो ।

जिल्ला अदालतको आदेशले थुनामा गएका उनीहरु उच्च अदालत जनकपुरको आदेशले छुटेका थिए । उच्चको आदेश सर्वोच्चले उल्टयाएको थियो । आरतीका बुवा, आमा काठमाडौँमा निरन्तर अनसनमा छन् । 

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal