(Saturday , 11 May,2024)

विद्यालय शिक्षा विधेयकमा १७५७ वटा विवरणसँग संशोधन प्रस्ताव

NepalNewsLine

NepalNewsLine

काठमाडौँ । विद्यालय शिक्षा विधेयमा १ हजार ७५७ वटा संशोधन प्रस्ताव पेस गरिएको छ । संसद्को शिक्षा समितिमा दफावार छलफलका लागि पेस गरिएको विधेयकको मस्यौदामा १५२ जना सांसदहरूले संशोधन प्रस्ताव पेस गरेका हुन् । 

उनीहरूले १ हजार ७५७ विवरणसँग सम्बन्धित रहेर संशोधन प्रस्ताव पेस गरिएको छन् ।समितिमा आइतबारदेखि दफावार छलफल सुरु भएको छ । 

समितिले क्रमशः संशोधन प्रस्ताव पेस गर्ने सांसदहरूलाई बोलाएर छलफल गर्नेछ । आइतबार पहिलो दिनको छलफलमा सांसद डाक्टर चन्द्र भण्डारीले शिक्षकलाई निजामती कर्मचारी सेवा सरह सेवा सुविधाको व्यवस्था गर्नुपर्ने बताए । निजामती र शिक्षकको सेवा सुविधामा निकै विभेद रहेको भन्दै त्यसलाई सच्याउनुपर्ने बताए ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal