(Saturday , 11 May,2024)

विपद् जोखिम प्राधिकरणका अधिकृतविरुद्ध पक्राउ पुर्जी जारी

NepalNewsLine

NepalNewsLine

काठमाडौँ । ‘सेटिङ’ मिलाएर भिजिट भिसामा विदेश पठाएको आरोपमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका एक जना अधिकृतविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

प्राधिकरणमा कार्यरत अधिकृत तारा बहादुर कुँवरविरुद्ध काठमाडौँ जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एक जना अधिकृतले बताए । कुँवर यसअघि त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयमा कार्यरत थिए ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा कार्यरत नरवीर खड्कासँग कुँवरको ‘कनेक्सन’ देखिएको छ । खड्कालाई प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । रुकुम घर भएका कुँवरले आफू सरुवा भएपछि भिजिट भिसामा विदेश पठाउने गिरोहसँग नरबिरलाई चिनजान गराएर ‘सेटिङ’मा सहयोग गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।

कुँवर १ वर्ष विमानस्थल अध्यागमनमा काम गरेर प्राधिकरणमा सरुवा भएका हुन् । सो प्रकरणमा नरवीर र नेपाल वायुसेवा निगममा कार्यरत ३ जना अधिकृतहरु थुनामा छन् ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal