(Sunday , 12 May,2024)

बौद्धस्थित रुद्रेश्वर चोकमा आगलागी

NepalNewsLine

NepalNewsLine

काठमाडौँ । काठमाडौंको बौद्धस्थित रुद्रेश्वर चोकमा आगलागी भएको छ ।

बागमती नदि करिडोर स्थित रुद्रेश्वरमा आगलागी भएको जिल्ला प्रहरी परिसर काठमाडौँका एकजना अधिकृतले रातोपाटीलाई बताए । 

निजी घरको दुईओटा सटरमा आगलागी हुँदा मोटर पार्टस्, टायर, रङ र मोबिल जलेको छ ।

सुरक्षाकर्मीले दमकलको सहयोगमा आगो निभाएका छन् । आगलागीबाट करिब ४० लाख क्षति पुगेको आंकलन गरिएको छ ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal