(Sunday , 12 May,2024)

काठमाडौँ न्यूरोडबाट करिब ७ किलो अवैध सुन सहित एक जना पक्राउ

NepalNewsLine

NepalNewsLine

काठमाडौँ । राजधानीको न्यूरोडबाट करिब ७ किलो अवैध सुन बरामद भएको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले कैलाली घर भई नागार्जुन बस्ने पदम पाण्डेलाई पक्राउ गरेको छ । 

उनको न्यूरोडस्थित ‘ओमपाल गोल्ड शप प्रा.लि सँगैको कारखानामा छापा मार्दा सो परिमाणमा अवैध सुन बरामद भएको हो । 

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रवीन्द्र रेग्मीले पाण्डेलाई पक्राउ गरेर सुन जोख्ने कार्य भइरहेको बताए । प्रहरी स्रोतका अनुसार अनुमानित ७ किलो सुन प्रक्रिया पुर्‍याएर जोख्ने काम सकिएपछि एकिन परिमाण आउनेछ । 

प्रहरीका अनुसार बरामद सुनमध्ये केही बिस्कुट आकार र केही गहना बनाइसकेको अवस्थामा फेला परेको छ । सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । 

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal