(Sunday , 12 May,2024)

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुको ह्याण्डब्यागमा  लाग्यो आगो

NepalNewsLine

NepalNewsLine

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र एक यात्रुको ह्याण्डब्यागमा आगो लागेको छ ।

बोर्डिङ पास लिएर विमानमा चढ्नुभन्दा अगाडि प्रतिक्षालयमा बसिरहेको बेला ह्याण्डब्यागमा रहेको पावर बैँक पड्केर आगो लागेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महानिर्देशक प्रताप बाबु तिवारीले बताए। आगो तत्काल निभाइएको थियो ।

उनले यात्रुको ह्याण्डक्यारीमा रहेको पावर बैंक पड्केर आगो लागेको भएपनि ठूलो क्षति हुनबाट जोगिएको बताए। 

एयर चाइनाको जहाजबाट चीन जान लागेको यात्रुको ह्याण्डब्यागमा रहेको पावर बैंक पड्किएको थियो।  विमान प्रतिक्षालयमा विमान कुरिरहेको समयमा पावर बै‌क पड्किएको हो।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal