(Saturday , 11 May,2024)

धनुषामा परालले छोपेको अवस्थामा महिलाको शव भेटियो

NepalNewsLine

NepalNewsLine

मंसिर, जनकपुरधाम । धनुषाको धनौजी गाउँपालिका-४ भडरियास्थित आँप बगैंचामा परालले छोपिएको अवस्थामा महिलाको शव फेला परेको छ ।

मंगलबार स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनास्थलमा धनुषाका प्रहरी उपरीक्षक (एसपी) मित्रबन्धु शर्माको टोली पुगेको छ । घटनाको अनुसन्धानका लागि कुकुरसहितको टोलीले अनुसन्धान सुरु गरेको एसपी शर्माले जानकारी दिए ।

प्रारम्भिक अनुसन्धानका आधारमा महिलाको ५ र ६ दिन अघि हत्या भएको हुन सक्ने प्रहरीले बताएको छ । शवको पहिचान भएको छैन ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal