(Sunday , 12 May,2024)

बल्खुमा झडप,प्रहरीद्वारा अश्रुग्यास र पानीको फोहोरा प्रहार  

NepalNewsLine

NepalNewsLine

७ मंसिर, काठमाडौं - ललितपुरको बल्खुमा दुर्गा प्रसाईँ नेतृत्वले आयोजना गरेको प्रदर्शनमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ ।

प्रहरीले अश्रुग्यासँगै पानीकोफोहरा प्रहार गरेको छ । 

प्रदर्शनकारी बल्खुबाट कालीमाटीतर्फ अघि बढ्न खोजेपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन बल प्रयोग गरेको हो ।

प्रहरीको अश्रुग्यास र पानीको फोहोरा प्रहारबाट भिड तितरवितर भएको छ । 

मेडिकल व्यवसायी दुर्गा प्रसाईँ नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊँ महाअभियान’को प्रदर्शनमा झडप भएको हो । 
 

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal