(Sunday , 12 May,2024)

 चिनियाँ रेडक्रसकोे भूकम्प पीडितलाई एक करोड ३२ लाखको सहयोग 

NepalNewsLine

NepalNewsLine

२ मंसिर, काठमाडौँ - जाजरकोट भूकम्पपीडितको सहयोगका लागि चिनियाँ रेडक्रस सोसाइटीले रु एक करोड ३२ लाख मानवीय सहायतास्वरुप प्रदान गरेको छ । 

नेपालका लागि चीनका राजदूत छन सङले शनिबार नेपाल रेडक्रस सोसाइटीका कार्यवाहक अध्यक्ष सुरेन्द्रसिंह ऐरलाई उक्त नगद हस्तान्तरण गरेका हुन् ।

चिनियाँ रेडक्रसबाट प्राप्त नगद भूकम्पपीडितका लागि आवश्यक पर्ने राहत सामग्री खरिदमा पारदर्शी ढङ्गले उपयोग गरिने कार्यवाहक अध्यक्ष ऐरले बताएका छन् । - रासस

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal