(Saturday , 11 May,2024)

अष्ट्रेलिया सरकारले भूकम्प प्रभावितलाई ८ करोड रुपैयाँ बराबरको सहयोग गर्ने

NepalNewsLine

NepalNewsLine

१ मंसिर, काठमाडौं - अष्ट्रेलिया सरकारले भूकम्प प्रभावितका लागि ६ लाख अमेरिकी डलर (७ करोड ९८ लाख ८५ हजार २०० रुपैयाँ) बराबरको सहयोग गर्ने भएको छ ।

यो सहयोग रकम भूकम्प प्रभावितलाई आपतकालीन सेवा प्रदान गर्न र जीवन रक्षाका लागि उपयोग गरिने अष्ट्रेलिया सरकारले जनाएको छ ।

यस्तै सहयोग क्षतिग्रस्त सार्वजनिक पूर्वाधार निर्माणमा पनि प्रयोग हुने छ ।

जाजरकोट केन्द्रबिन्दु भएर कात्तिक १७ गते राति गएको ५.७ म्याग्निच्युडको भूकम्पले १५४ जनाको ज्यान गएको छ भने ३७५ जना घाइते भएका छन् । भूकम्पबाट जाजरकोट र रुकुम पश्चिम सबैभन्दा बढी प्रभावित छन् ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal