(Saturday , 11 May,2024)

टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णयविरुद्धको प्रारम्भिक सुनुवाइ सोमबार हुने

NepalNewsLine

NepalNewsLine

१ मंसिर, काठमाडौं - टिकटकमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्ध परेका रिट निवेदनहरूमाथि सोमबार प्रारम्भिक सुनुवाइ हुने भएको छ। शुक्रबार परेका ७ रिट निवेदनहरू दर्ता गर्दै सर्वोच्च अदालतले सोमबारका लागि पहिलो पेशी तोकेको हो।

प्रारम्भिक सुनुवाइको दिन एकजना न्यायाधीशको एकल इजलासमा मुद्दाको सुनुवाइ हुने सर्वोच्च अदालतका सूचना अधिकारी गोविन्द घिमिरेले जानकारी दिए।

तिहार बिदापछि अदालत खुलेको पहिलो दिन शुक्रबार वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी लगायतका ७ कानुन व्यवसायीहरूले सरकारको निर्णयविरुद्व रिट निवदेन दिएका छन्। 

निवेदनमा तत्काल सरकारको निर्णय कार्यान्वयनमा रोक लगाउनुपर्ने भनी अन्तरिम आदेशको माग गरिएको छ।
 

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal