(Sunday , 12 May,2024)

किर्ते कागजात प्रकरणमा ४ जना कन्सल्टेन्सी संचालक पक्राउ

NepalNewsLine

NepalNewsLine

२० कातिक, काठमाडौँ - भिजिट भिसा र विदेशमा पढ्न जानेहरुका लागि किर्ते कागजात बनाएको आरोपमा प्रहरीले थप ४ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कन्सल्टेन्सीका संचालकहरु छन् । यसअघि प्रहरीले ९ जनालाई पक्राउ गरेको थियो ।

पक्राउ पर्नेहरुमा एसिई कन्सल्टेन्सी संचालक अनिष अमात्य, प्रगती विद्याश्रम कन्सल्टेन्सीका संचालक गोपाल रिजाल, निप्पोन कन्सल्टेन्सीका संचालक पशुपति मैनाली, एस. टु अबरोड कन्सल्टेन्सीका संचालक सागर चापागाईं छन् ।

विदेश जानेहरुको कागजात अपुग भएमा कन्सल्टेन्सी संचालकहरुले कागजात बनाउन सल्यान घर भएका बलबहादुर राउतको सम्पर्कमा पठाउने गरेको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रविन्द्र रेग्मीले बताएका छन ।

सल्यान घर भएका बल बहादुर रावतले टोखामा फ्ल्याट भाडामा लिएर कारखाना संचालन गरेका थिए । प्रहरीले उनलाई यसअघि नै पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।  

कागजात किर्ते बनाएको आरोपमा यसअघि पक्राउ पर्नेमा नवलपुरको मध्यबिन्दु नगरपालिका-५ घर भएका जयराम श्रेष्ठ, गोरखाका ३४ वर्षीय भक्त बहादुर थापा, विपिन ढकाल,  अजित फेवाली, उदयपुरका आशिष श्रेष्ठ, काभ्रे घर भएका जीवराज तामाङ, काठमाडौँका साईरस बिसंखे, दिपक केसी र सल्यान घर भएका बल बहादुर रावत छन् । डिएसपी गोविन्द पन्थी नेतृत्वको टिमले त्यसबारे लामो अनुसन्धान गरेको थियो ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal