(Saturday , 11 May,2024)

राहत लिएर भूकम्प प्रभावित क्षेत्रमा पुगे एनआरएनए टीम

NepalNewsLine

NepalNewsLine

१९ कार्तिक, काठमाडौँ - गैरआवासीय नेपाली संघ (एनआरएन) का अध्यक्ष राजेन्द्रकुमार शर्मा (आरके) नेतृत्वको टोली भूकम्प प्रभावित क्षेत्रमा उद्दारका लागि प्रस्थान गरेको छ । राहतसमाग्रीसहितको टोली आइतबार भूकम्प प्रभावित जिल्ला जाजरकोट प्रस्थान गरेको हो ।

१० करोडको विपद् कोष बनाउने घोषणा गरेको एनआरएनएले आवश्यक पर्ने त्रिपाल, कम्बलसहित जाजरकोट प्रस्थान गरेको महासचिव बुद्धिसागर सुवेदीले जानकारी दिए ।  यसअघि शनिबार जूममार्फत एनआरएनका पदाधिकारी तथा विभिन्न अभियन्ताहरुले विपद् उद्दार कोषमा सहयोग गर्ने रकम पनि घोषणा गरेका थिए ।

जसमा अध्यक्ष शर्माले २१ लाख, महासचिव सुवेदीले १९ लाख कोषाध्यक्ष ठाकुर प्रसाद ढुंगानाले १७ लाख, निवर्तमान अध्यक्ष कुल आचार्यले ५ लाख ५५ हजार ५ सय ५५सहित विभिन्न व्यक्तिहरुले रकम सहयोग गर्ने घोषणा गरेका थिए ।

एनआरएनले भूकम्प प्रभावित क्षेत्रमा विज्ञसहितको टोली लिएर गएपछि भूकम्प प्रभावित क्षेत्रको राहत वितरण तथा उद्दार कार्यमा सरकारलाई सघाउने अध्यक्ष शर्माले जानकारी दिए । 

सरकारले एकद्वार प्रणालीमार्फ राहत वितरण लगाएतका कामहरु गर्ने बताएकाले सरकारको नियम अनुसार नै आफूहरुले काम गर्ने पनि अध्यक्ष शर्माको भनाई छ । यस्तै एनआरएनएको बद्री केसी समूह पनि आइतबार नै राहतसहित प्रभावित क्षेत्रमा गइसकेको छ ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal