(Saturday , 11 May,2024)

रुकुम पश्चिमबाट काठमाडौं ल्याइएका दुई घाइतेको अवस्था गम्भीर

NepalNewsLine

NepalNewsLine

१८ कात्तिक, काठमाडौं - भूकम्पका कारण घाइते भएका रुकुम पश्चिमका ७ जनाको काठमाडौंस्थित त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ । नेपाल वायुसेवा निगमको ट्विनअटर जहाजमार्फत शनिबार उनीहरुलाई शिक्षण अस्पताल ल्याइएको थियो । अस्पतालका आकस्मिक कक्षका चिकित्सक विशालराज भण्डारीका अनुसार दुई जनाको स्वास्थ्य अवस्था गम्भीर छ ।

एक जना गर्भवती हुनुहुन्छ । अर्को एक जनाको घाँटीको हड्डीमा समस्या देखिन्छ’, डा. भण्डारीले भने, ‘तर, उहाँहरुको अहिलेसम्म अवस्था राम्रै छ ।’उनका अनुसार अस्पताल सुरुमा सबै ७ जनालाई रेड जोनमा राखेर उपचार गरिएको थियो । थप उपचारपछि अहिले भने तीन जनालाई मात्र रेड जोनमा राखेर उपचार भइरहेको छ ।

अन्य चार जना बिरामीलाई भने भर्ना गरेर राखिएको उनले डा। भण्डारीले बताए । ‘दुई तीन जनाको स्वास्थ्य अवस्था नर्मल नै छ । उहाँहरु टाढाबाट आउनुभएकाले आज निगरानीको लागि भर्ना नै गरेर राखिएको छ’, डा. भण्डारीले भने ।

रुकुम पश्चिमबाट उपचारका लागि त्रिवि शिक्षण अस्पताल ल्याइएका घाइतेहरुमा रुकुम पश्चिमको सानोभेरी गाउँपालिका-१ की १२ वर्षकी निरुता पुन, २० वर्षकी सुशीला बुढा, २१ महिनाका ऋषव बुढाथोकी, सानोभेरी गाउँपालिका-४ की २० वर्षकी विमला ओली बुढाथोकी, २२ वर्षका गोपाल बुढाथोकी, ६२ वर्षकी सावित्री चन्द, ५५ वर्षकी मैना ओली र मुसीकोट नगरपालिका-७ की २१ दिनकी बालिका सीता पाण्डे रहेका छन् ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal