(Sunday , 12 May,2024)

थाइ एयरवेजले नेपालमा पुनः सुरू गर्‍यो उडान

NepalNewsLine

NepalNewsLine

१२ कात्तिक, काठमाडौं - थाइल्याण्डको राष्ट्रिय ध्वजावाहक थाइ एयरवेज इन्टरनेसनलले आइतबारदेखि नेपालमा पुनः उडान सुरू गरेको छ ।

थाइ एयरवेज इन्टरनेसनलले विश्वव्यापी कोभिड–१९ महामारीका कारण २५ मार्च २०२० देखि काठमाडौंका लागि उडान बन्द गरेको थियो ।

सन् १९६८ को डिसेम्बरमा नेपालका लागि पहिलो पटक उडान सञ्चालन गरेको थाइ एयरवेजले नेपाली उड्डयन इतिहासमा लामो समय उडान गरेको छ ।

अष्ट्रेलिया, जापान, कोरिया, मलेसिया र विश्वका विभिन्न शहरहरुमा थाइ एयरवेजको उडान रहेकाले नेपालका यात्रुहरुलाई थप सहज हुने थाइ एयरवेजले जनाएको छ ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal