(Sunday , 12 May,2024)

गाडी दुर्घटनामा एमाले नेता नविना लामासहित १० जना घाइते

NepalNewsLine

NepalNewsLine

१२ कात्तिक, काठमाडौं - काभ्रेको बेथानचोकमा गाडी दुर्घटना हुँदा एमाले केन्द्रीय सदस्य नविना लामासहित १० जना घाइते भएका छन् ।

दुर्घटनामा नेकपा एमाले बागमती प्रदेश कमिटीका उपसचिव भक्तकुमारी लामा पनि घाइते भएकी छिन् ।

उनीहरुसहित १८ जना चढेको बा १४ च ७०७७ नम्बरबो बोलेरो गाडी काभ्रेको बेथानचोकस्थित तालढुंगाबाट बेथानचोक आउँदा बाटोमा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनास्थलमा पुगेका बेथानचोक १ का वडा अध्यक्ष मधुसुदन तिमल्सिनाका अनुसार गाडी सडकमै पल्टिएको थियो । घाइतेहरुलाई उपचारका लागि धुलिखेल पठाइएको उनले बताए ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal