(Saturday , 11 May,2024)

उनका शरिरका कुनै भाग खाली छैनन, हेर्नुस निलडाम र चोट, शरिरभरी छ । 

author

Hem Khadka

कुबेत ।  विदेशीएका धेरैजसो महिलाहरु, घरको कामदार हुन्छन, घरमा काम गर्ने कियर गिभरका रुपमा काम गर्न जान्छन् । हाम्रो बाध्यता पनि यहि छ, कि घर चलाउनका लागी जिवयापन गर्नकै लागी विदेशीनु पर्छ, घरमा काममा लागी पठाईएकी एक चेली घर मालिकबाट नै यस्तो ज्यादती भोग्नु परेको छ, उनका शरिरका कुनै भाग खाली छैनन, हेर्नुस निलडाम र चोट, शरिरभरी छ । 
पैसा कमाउने र आफनो सपना पूरा गर्ने उद्देश्यले दैनिक हजारौं, मानिसहरुको एयरपोर्टमा भिड लागेको हुन्छ, कतिले त सपना बाकसमा फर्काउँछन, कति युद्ध भुमरीको बिचमा पनि काम गरिरहेका छन । विदेशीएका आफना जनता कहाँ कति छन् र उनिहरुको अबस्था के कस्तो छ, यो सरकार चलाउनेहरु सँग कुनै डाटा छैन, दलालहरुले अरु देशबाट ईलिगल कति नेपालीहरु बेचिरहेका छन् । यसबारे कुनै जानाकारी नै छैन, 
कुबेतमा काम गर्न पठाईएकी यि नेपाली चेलीको अबस्था कति दर्दानक छ, हेर्नुस यि चेलीलाई पठाउने जो हो त्यो सम्म यो समचार पुगोस् र सम्बन्धीत निकायले ध्यान देओस् । जब कामगर्ने ठाउँमा नै यसरी अमानविय ढंगले कुटपीट गरि यस्तो अबस्थाका कारुणीक दृष्यहरु बाहिरिन्छन, मन भारी हुन्छ, र देश हामीले बनाएको, यो व्यवस्था हामीले ल्याएको, हामीले ल्याएको व्यवस्थामा बोल्न पाएका छौ, गणतन्त्र ल्यायौं, समानुापातिक, समावेशीता ल्यायौं, घर्म निरपेक्ष ल्यायौं, यि सब ल्याएर के भयो त ? जनताले रोजगारी पाए ? जनताका छोराछोरीले निशुल्क शिक्षा पाए ? बृद्धहरुले निशुल्क स्वास्थ्य पाए ? अनि धर्म निरपेक्ष देश बनाएर धार्मीक द्वन्दको अन्त्य भयो ? 
केहि भएको देखिएन जसले लडेर यो व्यवस्था ल्याए, तिनका परिवार सडकमा छन् कोहि खाडीमा छन्, तिनका परिवारले त निशुल्क शिक्षा, स्वास्थ्य र रोजगारी पाएनन अरु जनताका के कुरा र हामीले पत्याईदिन पर्यो, वा सरकार भन्ने काम यो नेता ज्यु भन्ने काम के भयो र जयजयकार गरौं, सुरु गरेका केहि साना भएपनि राम्रा काम दबाब र प्रभावले फेरी अल्झनमै पर्छन, त्यसै ति फाईलहरु गायब हुन्छन, हराउँछन्, बन्द हुन्छन् अनि कसरी विश्वास गर्ने खै ?      
जो साथीहरु त्यहाँ हुनुहुन्छ, तपाईंहरुले पनि यि चेलीको उद्दारका लागी पहल गरिदिनुस र उनलाई यो नर्कबाट हामी उद्दार गरौं, तर कुरा फेरी त्यहि आउँछ, देश हामीले बनाउँछौं र बनाईरहेको छौं, यस्तो गरेका छौं, त्यस्तो गरेका छौं, भन्नेहरुलाई रोजगारीकै लागी विदेशिन पर्ने दिनको अन्त्य कहिलो होला, देश १० वर्षमै एशियाको धनि देश बनाउँछौं भन्नेहरुले देश चलाएकै २० वर्ष भयो तर देश एशियाकै सबैभन्दा गरिब हुनतिर उन्मुख छ । यो देश बनाउने देशप्रेमी नजन्मिएकै हो त ? के यो देश चलाउन सक्ने नेता, नेतृत्व देशले नपाएकै हो त ? 
नत्र भाषण र नारा दिए अअनुसारले त देश अहिले स्वर्ग बन्नपर्ने, किन नेता र देश चलाउने शासकहरुले भ्रमको खेती गरिरहेका छन् र कहिलेसम्म जनताले यो साास्ती खेपीरहनपर्ने हो ? 
हामीले प्रस्तुत गरेको यो सामाग्री सरोकारवालाहरु समक्ष पुगोस र सम्बन्धीत पिडितको उद्दार होस् हामी सबैमा अनुरोध गर्दछौं ।     

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal