(Saturday , 11 May,2024)

भरतपुरमा निर्माणाधीन छ लेन सडकको खाल्डोमा भेटियो पुरूषको शव 

author

Arpana Bhujel

४ कार्तिक,काठमाडौँ - भरतपुरमा निर्माणाधीन छ लेन सडकको खाल्डोमा एक व्यक्तिको शव फेला परेको छ।

भरतपुर-१० भाटभटेनी सुपरमार्केट नजिकैको खोल्सोमा दिउँसो साढे १ बजे शव भेटिएको हो। 

मृत व्यक्ति भरतपुर-१० बस्ने अन्दाजी ४५ वर्षका प्रकाश आले मगर रहेको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी विजयराज पंडितले जानकारी दिए।

मृत व्यक्ति शारीरिक अपांगता भएको व्यक्ति रहेको र नाला तर्ने क्रममा खसेको हुनसक्ने प्रहरीको अनुमान छ।

उनी घोप्टो परेको र अनुहार पानीमा डुबेको अवस्था भेटिएका थिए। उनले मदिरा सेवन गरेको हुनसक्ने आशंका पनि प्रहरीको छ।

प्रहरीले घटनाको अनुसन्धान सुरू गरेको छ। शव पोष्टमर्टमका लागि भरतपुर अस्पतालमा पठाइएको छ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal