(Saturday , 11 May,2024)

इजराइलमा निधन भएका १० मध्ये ४ नेपालीको शव भोलि पठाइँदै, पर्सि काठमाडौं आइपुग्ने

author

Arpana Bhujel

३ कार्तिक,काठमाडौं - प्यालेस्टाइनी हमास समूहको आक्रमणमा परी ज्यान गुमाएका ४ जना नेपालीको शव आइतबार बिहान काठमाडौं आइपुग्ने भएको छ ।
आक्रमणमा परी मृत्यु भएका १० नेपालीमध्ये ४ जनाको शव आइतबार काठमाडौं आइपुग्ने तेलअविवस्थित नेपाली राजदूतावासले जानकारी दिएको छ ।

आज एक प्रेस विज्ञप्ति जारी गर्दै दूतावासले भोलि दिउँसो १ः२५ बजेको फ्लाइ दुबईको उडानबाट नेपाल पठाउन लागिएको जानकारी गराइएको छ । इजरायलबाट दुबईसम्म र त्यहाँबाट काठमाडौंसम्म पुग्ने व्यवस्था मिलाइएको राजदूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

अन्य शव पहिचानको काम भइरहेको जनाइएको छ । सम्पर्कविहीन रहेका विपीन जोशीको खोजी भइरहेको पनि दूतावासले जानकारी दिएको छ ।

 

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal