(Sunday , 12 May,2024)

अफलाइनमा चलाउने पठाओ र इनड्राइभका  ८३ जना पक्राउ

author

Arpana Bhujel

२९ असोज, काठमाडौं - अफलाइनमा राइड सेयरिङ कारोबार गरेको आरोपमा प्रहरीले ८३ जना मोटरसाइकल चालकलाई पक्राउ गरेको छ ।

पठाओ र इन्ड्राइभ सेवाका नाममा काठमाडौंको विभिन्न ठाउँबाट अनधिकृत रुपमा सर्वसाधारण ओसारपसार गर्ने ८३ जनालाई आइतबार पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

विगतमा केही आपराधिक घटनाहरुमा यस्ता सवारी साधनको संलग्नता देखिएको र सुरक्षा संवेदनशीलताको दृष्टिमा पनि अफलाइन राइड सेयर जोखिमपूर्ण रहेको परिसरका सूचना अधिकारी प्रहरी उपरीक्षक कुमोध ढुंगेलले बताए ।

उनले सर्वसाधारणलाई पनि अफलाइनमा राइड सेयर नगर्न आग्रह गरेका छन् ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal