(Sunday , 12 May,2024)

दोलखाकि २५ वर्षिय सोना सिवाकोटी मृत अवस्थामा फेला

author

Arpana Bhujel

२७ असोज, काठमाडौं – द क्लिफ साईट रिसोर्ट धादिङ्गमा दोलखाकि २५ वर्षिय सोना सिवाकोटी मृत अवस्थामा फेला परेकि थिईन, उनको घर दोलखाको कालिन्चोक गाउँपालिका ८ हो । 

सोना रिसोर्टमा भुवन श्रेष्ठ नामका साथी सँग गएको कुरा अनुसन्धानले खुलेको छ । भुवन श्रेष्ठलाई ज्यान सम्बन्धी कसुरमा म्यद थप गरि अनुसन्धान सुरु भैरहेको श्रोतले जनाएको छ । असोज २ गते सोनालाई मृत अबस्थामा फेला पारेपछि अनुसन्धान सुरु भएको थियो । अनुसन्धानले भुवन श्रेष्ठ सँग ६ महिना देखि सम्बन्धमा रहेको र सो दिन पनि सोना र भुवन रिसोर्टमा बसेको समेत खुलेको थियो ।

धादिङ्गको गजुरीमा डान्स सिकाउने भुवन सँग सोना नजिक भएपछि, उनिहरु बिच प्रेम सम्बन्ध भएको शंका गर्न सकिन्छ, सोना उनै भुवनसँग डान्स सिकिरहेकी थिईन  । उनको हत्या हो वा आत्माहत्या त्यो अनुसन्धानले खुलाउने छ, तर घटना पछि पोष्टमार्टम रिपोर्टमा भने सोनाले झुण्डिएर आत्महत्या गरेको कुरा उल्लेख छ । 

समाजमा मानसिक स्वास्थ्य बारे थप शिक्षा दिन जरुरी देखिन्छ । आवेग र हतारमा आजभोली मानिसहरुले अप्रिय निर्णय लिने गरेका तथ्य बढेका छन् । यसलाई रोक्न स्थानिय तह देखि नै एड्भोकेसी गर्न जरुरी देखिन्छ । 

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal