(Sunday , 12 May,2024)

कपन हत्या प्रकरणको छानबिन तथा अनुसन्धान गर्न एआईजीको नेतृत्वमा समिति गठन

author

Anonymous

काठमाडौँ : काठमाडौँको कपनको सरस्वतीनगरमा वैशाख ७ गते एक भाँडा व्यवसायीको चक्कु प्रहारबाट भएको हत्याको छानबिन तथा अनुसन्धान गर्न प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) को नेतृत्वमा समिति गठन भएको छ । 

प्रहरी प्रधान कार्यालयले केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का एआईजी किरण बज्राचार्यको नेतृत्वमा समिति गठन गरेको प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुबेर कडायतले बताउनुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख र जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुखसमेत सहभागी हुने गरी उच्चस्तरको छानबिन समिति गठन गरिएको छ । 

एक हप्ता बितिसक्दा हत्या प्रकरणको बारेमा प्रहरीले यकिन कारण पत्ता लगाउन नसकेपछि उच्चस्तरबाट छानबिन गर्न समिति बनाइएको हो ।वैशाख ७ गते दिउँसो पसलमा बसिरहेका बेला ३५ वर्षीया नीरा पाण्डे आचार्यको चक्कुले शरीरका विभिन्न अंगमा प्रहार गरी हत्या गरिएको थियो । 

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal