(Tuesday , 17 September,2024)

सुनसरीमा टाउको छिनाएको अवस्थामा शव फेला

NepalNewsLine

NepalNewsLine

Image 1

काठमाडौँ । सुनसरीको गढी गाउँपालिकामा टाउको छिनाएको अवस्थामा शव फेला परेको छ। गढी गाउँपालिका– ६ मा बस्दै आएका  ५० वर्षीय ज्ञानसन ऋषिदेवको टाउको छिनाएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ।

गढी–२ थलाहास्थित बालुवा र सिमेन्टको रिङ बनाउने उद्योगमा सोमवार विहान शव फेला परेको हो। घटनाको सूचना पाएपछि कुकुरसहित खटिएको प्रहरी टोलीले ऋषिदेवको शवको टाउको घटनास्थलदेखी ५० मिटर उत्तरपश्चिम गुजाईटोकीमा फेला पारेको थियो। 

शव र टाउको अलग–अलग फेला परेकाले उनको घाँटी रेटेर हत्या भएको देखिएको सुनसरीका एसपी विपिन रेग्मीले बताए। हत्या गरिएका ऋषिदेव बालुवा र सिमेन्टको रिङ बनाउने काम गर्दै आएका थिए।
 

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal