(Tuesday , 17 September,2024)

 महेश बर्तौला एमालेको केन्द्रीय सदस्य बढुवा

NepalNewsLine

NepalNewsLine

Image 1

काठमाडौँ । नेकपा एमालेले युवा नेता महेश बर्तौलालाई केन्द्रीय सदस्य बनाएको छ ।

बिहीबार बसेको सचिवालय सदस्य बैठकले १७ जना नेतालाई केन्द्रीय सदस्यमा मनोनीत गर्दा बर्तौलालाई पनि केन्द्रीय सदस्य बनाएको हो । 

यसअघि बर्तौलालाई संसदीय जिम्मेवारी दिँदा एमालेले सचेतक हुँदै प्रमुख सचेतक बनाएको थियो ।

हाल उनी सत्तारुढ दलको तर्फबाट मुख्य सचेतक समेत रहेका छन् । 

मकवानपुर निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित बर्तौलाले नेकपा एकीकृत समाजवादीका प्रभावशाली नेता विरोध खतिवडालाई पराजित गरेका थिए ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal