(Tuesday , 17 September,2024)

प्राधिकरणका सदस्य पद बाट हटाईएका दुई सदस्यलाई  पुनर्बहाली गर्न सर्वोच्चको अन्तरिम आदेश

NepalNewsLine

NepalNewsLine

Image 1

काठमाडौँ । सर्वोच्च अदालतले नेपाल विद्युत् प्राधिकरणका दुई सञ्चालक सदस्यलाई हटाउने सरकारको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ ।

बिहीबार न्यायाधीश सुनिल कुमार पोखरेलको एकल इजलासले प्राधिकरणबाट हटाइएका दुई सदस्यहरूलाई काममा पुनर्बहाली गर्न समेत आदेश दिएको हो । 

यसअघि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले दुई सदस्यहरू कपिल आचार्य र भक्तबहादुर पुनलाई हटाएर उनीहरूको स्थानमा महेन्द्रबहादुर गुरुङ र देवेन्द्र कार्कीलाई नियुक्त गरेको थियो ।  मन्त्रालयले साउन १८ गते उनीहरूलाई पदबाट हटाएको थियो । 

सरकारले प्राधिकरणको सञ्चालक समितिबाट हटाइएपछि आचार्य र  पुन सर्वोच्च पुगेका थिए ।
 

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal