काठमाडौँ । निर्वाचन आयोगको आयुक्तका लागि सिफारिस भएका कृष्णमान प्रधानको संसदीय समितिमा सुनुवाइ भएको छ । बुधबार समितिको बैठकमा प्रधानको सुनुवाइ भइरहेको हो ।
बैठकमा प्रधानले आफ्नो कुरा राखिसकेपछि समितिमा रिपोर्टिङमा गएका पत्रकारहरूलाई बाहिर निकालिएको थियो । बाहिर निकालिएका पत्रकार अहिले भने भित्र प्रवेश गरेका छन् ।
बैठकमा प्रधानले आफ्नो कार्ययोजना प्रस्तुत गरेपछि आफूविरुद्ध परेको उजुरीबारे प्रस्टीकरण पनि दिएका छन् ।
प्रतिक्रिया