(Sunday , 08 September,2024)

प्रधानमन्त्री ओली र गृहमन्त्री लेखक निरीक्षणपछि दुर्घटनास्थलबाट फिर्ता

NepalNewsLine

NepalNewsLine

Image 1

काठमाडौँ । सौर्य एयरलाइन्सको जहाज दुर्घटनापछि घट्नास्थल पुगेका प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखक निरीक्षणपछि फर्किएका छन् ।

 बुधबार सौर्य एयरलाइन्सको विमान पोखरा जान त्रिभुवन विमानस्थलबाट उड्ने क्रममा दुर्घटना भएलगत्तै प्रधानमन्त्री ओली र गृहमन्त्री दुर्घटनास्थल पुगेर निरीक्षण गरेका थिए । दुर्घटनामा १८ जनाको ज्यान गएको छ भने एक जना विमान चालक मनिषरत्न शाक्यको उपचार भइरहेको छ । 

‘नियमित प्राविधिक परीक्षणका लागि पोखरा उड्न लाग्दा सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा १८ जना प्राविधिक र क्रु मेम्बरको निधनले अत्यन्त दुःख लागेको छ’, प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा भनेका छन्, ‘नागरिक उड्डयन प्राधिकरणका अधिकारीलाई भेटेर यसको कारण बुझ्न घटनास्थल आइपुगेको छु  अहिले विमानस्थल सञ्चालनमा आइसकेको छ । यो दुःखद घडीमा सबैलाई धैर्य रहन अनुरोध गर्दछु ।’

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal