(Sunday , 08 September,2024)

ओलीले महसुल नतिर्ने उद्योगहरूमा बिजुली जोड्न आदेश दिएको भन्दै सदनमा माओवादीको विरोध

NepalNewsLine

NepalNewsLine

Image 1

काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओलीले विद्युतका महसुल नतिर्ने उद्योगहरूमा विद्युत जोड्न दिएको निर्देशनप्रति आपत्ति जनाएको छ । प्रतिनिधिसभाको बैठकमा बोल्दै माओवादी केन्द्रका सांसद माधव सापकोटाले सरकारले सुशासनलाई धावा बोलेको आरोप लगाए ।

कुनै चलखेल नगरी स्वतन्त्रतापूर्वक राज्यका अंगहरूले अध्ययन गरेर दिएका प्रतिवेदनको आधारमा डेडिकेटेड र ट्रंकलाइन विद्युत बक्यौता विवाद समाधान गर्नुपर्ने उनले बताए ।

प्रधानमन्त्री ओलीको जंगबहादुरको शैलीमा विद्युतको लाइन जोड्न आदेश दिएको उनको दाबी छ । ओलीको यो निर्देशनले यो सरकार किन गठन भएको भन्ने प्रष्ट भएको सापकोटाको टिप्पणी थियो ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal