(Sunday , 08 September,2024)

सिंहदरबारमा प्रचण्ड र माधव नेपालबिच भेटवार्ता

NepalNewsLine

NepalNewsLine

Image 1

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबिच भेटवार्ता भएको छ । 

दुई नेताबिच आइतबार सिंहदरबारस्थित माओवादी केन्द्र संसदीय दलको कार्यालयमा भेटवार्ता भएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आज आइतबार प्रतिनिधिसभामा विश्वासको मत लिँदै छन् । प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा बैठकबाट विश्वासको मत लिनुअघि  नेताहरू प्रचण्ड र नेपालले भेटवार्ता गरेका हुन् । 

माओवादी केन्द्र, रास्वपा, राप्रपा र नेकपा एकीकृत समाजवादीले प्रधानमन्त्रीको विश्वासको मतको विपक्षमा मतदान गर्ने तयारी गरेका छन् ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal