(Sunday , 08 September,2024)

प्रधानमन्त्रीले मागेको विश्वासको मत बारेमा विपक्षी तीन दलको बैठकमा छलफल

NepalNewsLine

NepalNewsLine

Image 1

काठमाडौं । प्रतिपक्ष तीन दलको बैठक बसेर प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार लिने विश्वासको मतका बारेमा छलफल गरेका छन् ।

नेकपा माओवादी केन्द्रको सिंहदरबारमा रहेको संसदीय दलको कार्यालयमा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र एकीकृत समाजवादीको बैठक बसेको हो ।

बैठक पछि जानकारी दिँदै एकीकृत समाजवादीको उपाध्यक्ष राजेन्द्र पाण्डेले भने,‘प्रधानमन्त्रीले आइतबार विश्वासको मत लिने भन्ने कुरा आयो । प्रतिपक्ष दलको यो विश्वासको मतको सवालमा कसरी जान, साझा धारणाा बनाउने छलफल हो ।’

दुई ठूला दल मिलेर के के आधारमा सरकार बनेको त्यसबारेमा जानकारी नगराइएको उनले बताए । सरकारको साझा न्युनतम कार्यक्रम पनि सार्वजनिक नगरिएको पाण्डेले बताए । ‘पर्सी विश्वासको मत माग्ने पनि कुनै इस्यु होला । उहाँलाई विश्वासको मत दिन सकिने नसकिने त्यही बारेमा छलफल ग¥यौं,’ पाण्डेले भने ।

बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, रास्वपाका सभापति रवि लामिछाने, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल सहभागी थिए । साथै बैठकमा उपल्लो तहका केही सिमित नेता सहभागी थिए ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal