(Sunday , 08 September,2024)

न्युरोड घटनाले ओली नेतुत्वको सरकार असफल बनीसकेकोले राजीसनामा दिनुपर्ने मेयर बालेन्द्र साहका स्वकीय सचिवको टिप्पणी

NepalNewsLine

NepalNewsLine

Image 1

काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहका स्वकीय सचिव भूपदेव साहले नवगठित केपी ओली नेतृत्वको सरकार असफल बनिसकेको टिप्पणी गरेका छन् ।

आज न्यूरोडमा नगरप्रहरी र स्थानीयबीच टकराव पश्चात उनले पत्रकारहरुसँग कुरा गर्दै सरकारले राजीनामा गर्नुपर्ने बताए । साहले न्यूरोडमा विवाद गर्नेहरू स्थानीय नभएर पार्टीका मानिसहरू भएको आरोप लगाए ।

‘यो विवाद हो जस्तो लाग्दैन, पार्टीका मान्छेहरू परिचालित भएका छन्, उनीहरुको निजी एजेन्डा हो जस्तो लाग्छ,’ उनले भने ।

आजको घटनालाई दुईतिहाइ सरकारको हैसियत टेस्ट गर्ने रूपमा पनि आफूहरूले हेरेको साहले बताए । अदालतले दिएको आदेश कार्यान्वयन गर्ने सवालमा प्रहरीले शान्ति सुरक्षा मिलाउनुपर्ने उनको तर्क छ ।

‘महानगर प्रहरी त स्थानीयसँग वार्ता गर्ने वा भिड्ने होइन । गृह प्रशासनबाट हुनुपर्ने आवश्यक समन्वयका लागि पत्राचार गर्दा पनि हाम्रो हातमा केही पनि छैन भनेर जिम्मेवार निकायका पदाधिकारीले भन्नुले राज्यसंयन्त्रलाई निकम्मा बनाएर राखिएको छ । यो सरकार ‘फेलर’ को स्थितिमा जाँदैछ । नबन्दै फेलरको स्थितिमा गयो । यसले राजीनामा गर्नुपर्छ ।’

उनले अदालतको आदेश नमान्नेहरुलाई रोक्ने कि महानगरलाई रोक्ने भन्ने प्रश्नको जवाफ प्रधानमन्त्री र गृहमन्त्रीले दिनुपर्ने बताए । नगरप्रहरी नै असुरक्षित बनेको भन्दै उनले कुनै पनि निकायलाई आफ्नो काम गर्न सक्ने वातावरण बनाउन नसक्ने सरकारले राजीनामा गर्न सुझाव दिए ।
 

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal