(Sunday , 08 September,2024)

 पूधामन्त्री ओलीलाई भारतीय प्रधानमन्त्री मोदीको औपचारिक बधाई

NepalNewsLine

NepalNewsLine

Image 1

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई औपचारिक बधाई पठाएका छन् ।

एमालेका अध्यक्ष अ‍ोली प्रधानमन्त्रीमा नियुक्त हुने बित्तिकै सबभन्दा पहिले आफ्नो ट्वीटरबाट बधाई दिएका मोदीले दुई पन्नाका लिखित बधाई पठाएका हुन् । 

प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार सो बधाई पत्रका प्रधानमन्त्री अ‍ोलीलाई बधाई दिनुको साथै दुई देशको सम्बन्धको बारेमा पनि चर्चा गरेका छन् ।

प्रधानमन्त्री मोदीले विगतमा पनि प्रधानमन्त्री ओलीसँग विगतमा गरेको सहकार्यको पनि चर्चा गरेका छन् ।

विगतमा ओलीसँग गरेको कामको अनुभवका आधारमा आउने दिनमा दुई देशको विकास र समृद्धिमा मिलेर कार्य गर्ने भनिएको स्रोतले दाबी गरेको छ । 

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal