२९ भाद्र, काठमाडौँ - संघीयताको खारेजी, राजसंस्था पुनर्स्थापना र हिन्दु राष्ट्रको माग गर्दै कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले काठमाडौँमा विरोध प्रदर्शन गरेको छ ।
सो पार्टीले संवैधानिक राजतन्त्रको पुनर्स्थापना, हिन्दु राष्ट्रको माग र सङ्घीयताको खारेजी तथा भ्रष्टाचारको विरोधमा प्रदर्शन गरेको हो ।
भद्रकालीबाट सुरु भएको प्रदर्शन भृकुटीमण्डप पुगेर बिरोधसभामा परिणत भएको थियो । विरोध सभालाई अध्यक्ष कमल थापालगायतले सम्बोधन गरेका छन् ।
प्रतिक्रिया