(Tuesday , 17 September,2024)

राष्ट्रपति पौडेलद्वारा रक्षाबन्धन ग्रहण

NepalNewsLine

NepalNewsLine

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले रक्षाबन्धन तथा जनैपूर्णिमाको अवसरमा आज वैदिक विधिअनुसार नवयज्ञोपवित जनै एवम् रक्षाबन्धन ग्रहण गरेका छन् । 

राष्ट्रपति पौडेलसहित प्रथम महिला सविता पौडेलले पण्डित अर्जुन न्यौपानेबाट निर्धारित साइतअनुसार वैदिक विधिअनुसार रक्षाबन्धन ग्रहण गरेको राष्ट्रपति कार्यालयले जनाएको छ । 

राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रपतिका आफन्तजनले समेत रक्षाबन्धन ग्रहण गरेका थिए । - रासस
 

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal