(Tuesday , 17 September,2024)

गठ्ठाघरमा ट्रकको ठक्करबाट ज्यान गुमाएकी स्कुटर चालक महिलाको पहिचान खुल्यो

NepalNewsLine

NepalNewsLine

काठमाडौं । भक्तपुरको गठ्ठाघर दुर्घटनाकी मृतकको पहिचान खुलेको छ । दोलखाको मेलुङ-४ की २३ वर्षीय सुस्मा नेपालीको मृत्यु भएको हो ।

काठमाडौंको बागबजार बस्दै आएकी सुस्मा चलाएको स्कुटरलाई बिहीबार दिउँसो पौने २ बजेतिर मालबाहक ट्रकले ठक्कर दिएको थियो ।

नेपाली ट्रकको चक्कामुनि परेकी थिइन् । स्थानीयले सुस्मालाई ट्रकले लतारेर ल्याएको र ब्याक गरेर किचेको दाबी गरेका छन् ।

ट्राफिकले स्कुटरलाई चेकजाँच गर्दै गर्दा तीव्र गतिमा आएको ट्रकले घिसारेको बताइएको छ ।

ना. ६ ख २१७३ नम्बरको मालबहाक ट्रकले बा. ४९ प ८९४४ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो । दुर्घटनापछि ट्रक चालक फरार रहेको प्रहरीले बताएको छ ।

सुस्माको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पुर्‍याइएको छ ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal