(Tuesday , 17 September,2024)

शिवपुरीमा हेलिकप्टर दुर्घटना, पर्यटनमन्त्री घटनास्थलमा

NepalNewsLine

NepalNewsLine

काठमाडौं । नुवाकोटको शिवपुरी गाउँपालिकामा हेलिकप्टर दुर्घटनामा परेको छ ।

काठमाडौंबाट उडेको हेलिकप्टर दुर्घटनामा परेको प्रारम्भिक जानकारी आएको र विस्तृत विवरण आउन बाँकी भएको प्रहरीले बतायो ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका प्रवक्ता सुभाष झाले हेलिकप्टर दुर्घटनामा परेको बताए । 

नुवाकोटको शिवपुरीमा हेलिकप्टर दुर्घटना भएको हो ।

उनले भने, ‘हामी त्यहाँ जादै छौं । दुर्घटना भएको भनेर जानकारी आएको छ ।’

बुधबार काठमाडौंबाट रसुवाका लागि उडेको एयर डाइनेस्टीको जहाज दुर्घटना भएको झाले बताए ।

बुधबार दुर्घटना भएको एयर डाइनेस्टीको हेलिकप्टरमा पाँच जना सवार रहेको खुलेको छ । 

काठमाडौँबाट रसुवाको स्याफ्रुबेसीका लागि उडेको ९एन एजेडी हेलिकप्टर नुवाकोटको शिवपुरी डाँडामा दुर्घटना भएको हो ।

हेलिकप्टर क्याप्टेन अरुण मल्लले उडाएका थिए । हेलिकप्टरमा अन्य चार जना चिनियाँ पर्यटक सवार थिए ।

चिनियाँ पर्यटकमा जुदाड टाङ (पुरुष), जी लि (पुरुष), यियाद वु (महिला) र जेमिङ सी (पुरुष) रहेका छन् । हालसम्म चार जनाको शव फेला परेको बताइएको छ ।

हेलिकप्टर दुर्घटनापछि पर्यटनमन्त्री घटनास्थलतर्फ प्रस्थान गरेका छन् । पर्यटनमन्त्री बद्री पाण्डे केही समयअघि सिंहदबारबाट घटनास्थलतर्फ प्रस्थान गरेको उनको सचिवालयले जनाएको छ । 

एयर डाइनेस्टीको हेलिकप्टर बुधबार दिउँसो १ बजेर ५४ मिनेटमा काठमाडौँबाट रसुवाको याफ्रुबेसीका लागि उडेको थियो । 

नागरिक उड्ययन प्राधिकरणले हेलिकप्टर क्याप्टेन अरुण उडाएको जनाएको छ ।  

चालकसहित कुल ५ जना सवारमध्ये दुर्घटनामा ४ जनाको शव फेला परेको प्रहरीले जनाएको छ ।


 

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal