(Sunday , 08 September,2024)

काठमाडौँको नयाँ बजारमा चोरी

NepalNewsLine

NepalNewsLine

काठमाडौँ । काठमाडौँ महानगरपालिका–१६ नयाँ बजार स्थित नर्सरी चोकबाट १४ लाख मूल्य बराबरको धनमाल चोरी भएको छ ।

मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–५ घर भएर नर्सरी चोकमा बस्ने ३३ वर्षीया सीता लामाको डेरामा चोरी भएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । 

चोरीमा संलग्नहरूले ताला फोडेर ७ लाख नगद, सुन र चाँदीका गहना चोरेका हुन् । चोरीमा संलग्नहरूबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal