(Sunday , 08 September,2024)

जयन्दु बाल सुधार गृहमा झडपको नेतृत्व गर्ने ११ जनालाई मुद्दा चलाउने तयारी

NepalNewsLine

NepalNewsLine

काठमाडौँ । बाँकेको डुडुवा गाउँपालिकामा सञ्चालित जयन्दु बाल सुधार गृहमा झडपको नेतृत्व गरेको आरोपमा प्रहरीले ११ जनालाई मुद्दा चलाउने तयारी गरेको छ ।

सोमबार सुधार गृहमा झडप सुरु भएपछि ६५ जना बालबालिका त्यहाँबाट निस्केर भागेका थिए । उनीहरूमध्ये दुईजना अझै सम्पर्कविहीन छन् । 

झडपमा संलग्न ११ जनालाई कानुन अनुसार कारबाही अघि बढाउन लागिएको बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालले बताएका छन ।

डुडुवा गाउँपालिका स्थित रिहमुनियामा संचालित सुधार गृहमा यसअघि पनि झडप भएको थियो । हराएका दुईजनाको खोजी भइरहेको प्रजीअ रिजालले जानकारी दिएका छन ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal